इलाममा आजदेखि राष्ट्रपति रनिङ शिल्ड सुरु

कोकिला ढकालइलाम,४ फागुन । इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी )खेलाडी) ले भाग लिनेछन् । रेफ्री र [...] The post इलाममा आजदेखि राष्ट्रपति रनिङ शिल्ड सुरु appeared first on Jhapa Online.

Feb 16, 2025 - 10:46
 0
इलाममा आजदेखि राष्ट्रपति रनिङ शिल्ड सुरु

कोकिला ढकाल
इलाम,४ फागुन ।
इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उद्घाटन गर्नुभयो ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी )खेलाडी) ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एकसय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । ‘सबै विधाका खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा गराइनेछ, प्रतियोगितामा विद्यालय सम्बन्धित पालिकाको प्रतिनिधित्व रहेको छ’ अध्यक्ष बाँस्तोलाले भन्नुुभयो ।

प्रतियोगिताका लागि १३ लाख रुपियाँ माई नगरपालिकाले सहयोग गर्ने र यस पटक समितिलाई भने केन्द्र तथा प्रदेशबाट यो प्रतियोगिताका लागि अलिकति पनि रकम नछुुट्टिएको पनि अध्यक्ष बाँस्तोलाले बताउनुुभयो ।

माईसहित अन्य पालिकाले गरेको सहयोगबाटै प्रतियोगितामा सहभागी हुने खेलाडि विद्यार्थी र प्रशिक्षकको खाना र बास खर्चको व्यवस्था मिलाइएको बताइएको छ । ‘तर यसपटक समितिले खर्च गर्ने रकम नहुुँदा पालिकाले मात्र गरेको सहयोगले प्रतियोगिता सम्पन्न गर्न मुस्किल हुने निश्चित छ’ अध्यक्ष बाँस्तोलाले भन्नुुभयो । प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

The post इलाममा आजदेखि राष्ट्रपति रनिङ शिल्ड सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register