परराष्ट्रमन्त्री राणा र यूएईका राज्यमन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब ईमिरेट्स् (यूएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका राणा र सायेघबीच आज साइडलाइन भेट भएको हो । भेटका क्रममा नेपाल […]

Feb 16, 2025 - 10:36
 0
परराष्ट्रमन्त्री राणा र यूएईका राज्यमन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब ईमिरेट्स् (यूएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका राणा र सायेघबीच आज साइडलाइन भेट भएको हो ।

भेटका क्रममा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनिकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले भेटका क्रममा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकोमा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद दिएकी थिइन् । मन्त्री सायेघले यूएईको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए ।

उनीहरूबीच दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।

मन्त्री राणाले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरिन् । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै, सो भेटका क्रममा मन्त्री राणाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी मेमा काठमाडौंमा सगरमाथा संवादको आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनको अवस्थामा केन्द्रित हुने सो संवादमा भाग लिन यूएईलाई पनि आमन्त्रण गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register