अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि सरकारले निगरानी गर्ने, भ्रष्टाचार गर्न पल्केका कर्मचारी त्राहिमाम ! 

काठमाडौँ । सरकारले अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि निगरानी गर्ने भएको छ । बीमा नियमावलीमा एउटा बुँदा थप गर्दै सरकारले अबदेखि प्राधिकरणका कर्मचारीमाथि पनि निगरानी गर्ने व्यवस्था गरेको हो । जुन बुँदामा बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको गतिविधि, कार्यदक्षता, काम गर्ने वातावरण जोखिम नियन्त्रणको उपाय, सूचना प्रविधि लगायतका विषयमा आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ […]

Feb 16, 2025 - 10:54
 0
अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि सरकारले निगरानी गर्ने, भ्रष्टाचार गर्न पल्केका कर्मचारी त्राहिमाम ! 

काठमाडौँ । सरकारले अबदेखि बीमा प्राधिकरणका कर्मचारीमाथि निगरानी गर्ने भएको छ । बीमा नियमावलीमा एउटा बुँदा थप गर्दै सरकारले अबदेखि प्राधिकरणका कर्मचारीमाथि पनि निगरानी गर्ने व्यवस्था गरेको हो ।

जुन बुँदामा बीमा प्राधिकरणभित्रका कर्मचारीहरुको गतिविधि, कार्यदक्षता, काम गर्ने वातावरण जोखिम नियन्त्रणको उपाय, सूचना प्रविधि लगायतका विषयमा आन्तरिक नियन्त्रण प्रणालीमार्फत नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ । 

यसका लागि बीमा प्राधिकरणका अध्यक्षले एक जना छुट्टै कर्मचारी नियुक्त गर्नुपर्नेछ । यो व्यवस्था अनुसार अबदेखि अधिकारप्राप्त कर्मचारीले त्रैमासिक रुपमा केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा समेत तीन-तीन महिनामा अनुगमन गरी प्रतिवेदन अनिवार्य रुपमा बुझाउनुपर्नेछ । 

त्यस्तै, अब बीमा प्राधिकरणमा लेखापरीक्षण समिति पनि गठन गरिनेछ । जुन समितिले प्राधिकरणको आन्तरिक खर्च नियन्त्रण गर्नुका साथै प्राधिकरणमा भएको नीतिगत निर्णयहरुमाथि पनि छानबिन गर्न सक्नेछ । यसरी सरकारले नै प्राधिकरणमाथि निगरानी गर्ने भएपछि भ्रष्टाचार गर्न पल्किएका केही कर्मचारीहरु त्राहिमाम बनेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register