शीर्ष स्थानमा लिभरपुलको फराकिलो अग्रता, युनाइटेड टोटनहमसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले फराकिलो अग्रता लिएको छ । उल्भ्सविरुद्ध जित दर्ता गर्दै अग्रता फराकिलो बनाउँदै लगेको हो । लिभरपुलले घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यससँगै लिभरपुलले तालिकामा दोस्रो स्थानको आर्सनलभन्दा सात अङ्कको अग्रता कायम गरेको छ । लिभरपुलको जितमा […]

Feb 17, 2025 - 02:42
 0
शीर्ष स्थानमा लिभरपुलको फराकिलो अग्रता, युनाइटेड टोटनहमसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले फराकिलो अग्रता लिएको छ । उल्भ्सविरुद्ध जित दर्ता गर्दै अग्रता फराकिलो बनाउँदै लगेको हो ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा उल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यससँगै लिभरपुलले तालिकामा दोस्रो स्थानको आर्सनलभन्दा सात अङ्कको अग्रता कायम गरेको छ ।

लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले समान १–१ गोल गरे । उल्भल्सको तर्फबाट चुन्हाले एक गोल फर्काए ।

डियाजले खेलको १५औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको ३७औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै सलाहले अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ २–० ले अगाडि रहेको घरेलु टोलीले दोस्रो हाफमा भने एक गोलको सामना गर्नु परेको थियो । उल्भ्सका चुन्हाले ६७औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर थप गोल गर्न नसकेपछि खेल लिभरपुलले जित्यो ।

महत्वपूर्ण तीन अङ्क बटुलेको लिभरपुलले २५औं खेल खेल्दा ६० अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा यथावत छ । दोसो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ भने तेस्रो स्थानको नटिङ्घम फरेस्टको ४७ तथा चौथो स्थानको साविक विजेता म्यानचेस्टर सिटीको ४४ अङ्क छ । लिभरपुलसँग पराजित उल्भ्स २७ अङ्कसहित लिगको १७औं स्थानमा छ ।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहम हट्सपरले रेलिगेसनको दबाबलाई कम गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमले १–० को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

टोटनहमको जितमा मिडफिल्डर जेम्स म्याडिसनले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै टोटनहम ३० अङ्कसहित तालिकाको १२औं स्थानमा उक्लिएको छ । सर्वाधिक १३ पटकको विजेता युनाइटेड भने २९ अङ्कका साथ १५औं स्थानमा छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register