दैनिक ४ घण्टा बन्द गरेर यसरी बनाइँदैछ नागढुङ्गा-नौबिसे सडक (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति दैनिक ४ घण्टा बन्द गरेर पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गरिने भएको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको […]

May 4, 2025 - 11:22
 0
दैनिक ४ घण्टा बन्द गरेर यसरी बनाइँदैछ नागढुङ्गा-नौबिसे सडक (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति दैनिक ४ घण्टा बन्द गरेर पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गरिने भएको छ ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)अन्तर्गत नागढुङ्गा, पिप्लामोड, नौबिसे क्षेत्रमा सडक मर्मत तथा कालोपत्रेको काम भइरहेको छ ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

आयोजनाले सीतापाइला-भीमुढङ्गा-राम कोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

हेरौं तस्वीर –

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register