झापामा १६ सय ३६ किलो गाँजा बरामद

झापा, ९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकबाट सशस्त्र प्रहरीले करिब एक हजार छ सय ३६ किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल [...] The post झापामा १६ सय ३६ किलो गाँजा बरामद appeared first on Jhapa Online.

Mar 22, 2025 - 05:44
 0
झापामा १६ सय ३६ किलो गाँजा बरामद

झापा, ९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकबाट सशस्त्र प्रहरीले करिब एक हजार छ सय ३६ किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले जनाएको छ ।

ट्रकसहित धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेतल पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईको कमाण्डमा खटिएको विशेष अनुगमन टोली र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा टोलीले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट रू ८७ हजार आठ सय ८० र पाँच थान मोबाइल सेट समेत बरामद गरिएको छ । नियन्त्रणमा लिइएका दुई जनासहित गाँजा र ट्रक सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

The post झापामा १६ सय ३६ किलो गाँजा बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register