नेपाली छात्राको शंकास्पद मृत्युबारे संसदमा बोल्न नपाएपछि सुमनाको आक्रोश : ‘यो देशमा पनि सरकार छ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि भइरहेको घटनाबारे बोल्न समय माग गर्दा सभामुख देवराज घिमिरेले समय दिन अस्वीकार  गरेपछि सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेकी छन् । सांसद सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न समय नपाएपछि बैठक कक्ष छोडेकी उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी हुन् । […]

Feb 17, 2025 - 11:15
 0
नेपाली छात्राको शंकास्पद मृत्युबारे संसदमा बोल्न नपाएपछि सुमनाको आक्रोश : ‘यो देशमा पनि सरकार छ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि भइरहेको घटनाबारे बोल्न समय माग गर्दा सभामुख देवराज घिमिरेले समय दिन अस्वीकार  गरेपछि सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेकी छन् ।

सांसद सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न समय नपाएपछि बैठक कक्ष छोडेकी उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी हुन् । भारतमा रहेका नेपाली विद्यार्थीसँग गरेको कुराकानीको अडियोसमेत राखेर उल्लेख गरेकी छन्, ‘सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन ।’

उनले एक्समा लेखेकी छन् –  ‘यो त आकस्मिक नै भएन भन्नु भो । संसदमा आकस्मिक समय दिइयो- प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा । हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई । हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दु:ख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर, मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने । आज बिहान भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछि त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको छ। कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्। भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो- दूतावासले यो कुरा माथिबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ?’

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ ‘ढ्यापढ्यापे’ विधि अनुसार समय मागेकी सुमनालाई सभामुखले समय दिन अस्वीकार गरेका थिए ।

प्रतिनिधिसभाको नियमावलीको नियम १५ ले अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकबीचको अवधिमा सांसदले ढ्याप ढ्याप गरि समय माग गरेमा आकस्मिक समय उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

नियमावलीमा यस्तो व्यवस्था भएपनि  प्रतिनिधिसभाको कार्यव्यवस्था समितिले भने सांसदले ढ्यापढ्याप गर्दैमा समय नपाउने निर्णय गरेको छ। आकस्मिक समयमा बोल्नका लागि सांसदले सभामुख समक्ष पहिले नै नाम टिपाउनुपर्ने कार्यव्यवस्था समितिको निर्णय छ । सांसद समुनाले पहिले नै नाम टिपाए पनि  सभामुखले आज नबोल्न सुमननलाई आग्रह गरेको रास्वपाकी सचेतक निशा डाँगीले बताइन् ।

सांसद श्रेष्ठले भारतको केआईआईटीमा मृत भेटिएकी नेपाली विद्यार्थीको विषय बोल्न खोजेकी थिइन् । तर, सभामुखले नियमावलीको हवाला दिँदै बोल्न समय नदिएको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ । ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसन ग्रहण गर्नुस्  । यहाँलाई मैले समय दिएको छैन ।’

केआईआईटीमा प्रदर्शन गरेका विद्यार्थीमाथि कलेज प्रशासनले उनीहरूलाई क्याम्पस निकाला गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register