बिर्तामोड नगरपालिकाले दियो पशुपालक कृषकलाई चापकटर

बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई [...] The post बिर्तामोड नगरपालिकाले दियो पशुपालक कृषकलाई चापकटर appeared first on Jhapa Online.

Feb 18, 2025 - 06:46
 0
बिर्तामोड नगरपालिकाले दियो पशुपालक कृषकलाई चापकटर

बिर्तामोड, ६ फागुन । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामग्री वितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै कृषक लय प्रसाद रिजालले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नु भयो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माग निवेदनका आधारमा चापकटर वितरण गरेको हो । ६० वटा निवेदन प्राप्त भएकोमा अनुगमन गरि यस वर्ष २५ जनालाई वितरण गरेको पशुपंछि तथा मत्स्य निकाश शाखा प्रमुख डा। नगेन्द्र खड्काले जानकारी दिनु भयो ।

चापकटर एउटाको मुल्य २९ हजार ५ सय रहेकोमा कृषकले १४ हजार ७५० रुपैयाँ लगानी गरेका छन् । नगरपालिकाले ३ सय वटा भन्दा बढी चापकटर यस अघि नै वितरण गरिसकेको छ । नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखा मार्फत चापकटर, चिलिङ भ्याट, दाना पिसाउने मेशिन, मिल्क क्यान, ब्रुडिङ मेशिन (चल्ला उत्पादन गर्ने मेसिन), काउ म्याट लगायतका सामाग्री हरेक वर्ष वितरण गर्दै आएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, अविरलकृष्ण खरेल, दुर्योधन गुरुङ, कार्यपालिका सदस्य सिता ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोड नगरपालिकाले दियो पशुपालक कृषकलाई चापकटर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register