‘डुबेका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछी आईपीओ रोक्न निर्देशन दिइएको हो’- ऋषिकेश पोखरेल

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डुबेका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछी आईपीओ रोक्न निर्देशन दिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन् । उनले पछिल्ला दिन डुबेका कम्पनीहरुले पनि भकाभक आईपीओ जारी गर्न थालेपछी सो प्रवृत्ति रोक्नकै लागि नेटवर्थ ९० […]

Feb 18, 2025 - 07:09
 0
‘डुबेका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछी आईपीओ रोक्न निर्देशन दिइएको हो’- ऋषिकेश पोखरेल

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डुबेका कम्पनीले पनि आईपीओ जारी गर्न थालेपछी आईपीओ रोक्न निर्देशन दिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन् ।

उनले पछिल्ला दिन डुबेका कम्पनीहरुले पनि भकाभक आईपीओ जारी गर्न थालेपछी सो प्रवृत्ति रोक्नकै लागि नेटवर्थ ९० भन्दा तल भएका कम्पनीलाई सेयर जारी गर्नबाट रोक लगाएका बताएका छन् । 

यसरी डुबेका कम्पनीहरुले पनि पैसा उठाउनकै लागि आईपीओ जारी गर्ने क्रम बढेपछि यही प्रवृत्ति रोक्न ९० नेटवर्थको निर्देशन दिएको पोखरेलको भनाई छ । सँगै उनले सार्वजनिक लेखा समितिले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने सवालमा सँधै सहयोग गर्ने पनि बताएका छन् । 

उनले अहिले यही आईपीओका विषय लिएर निजी क्षेत्र वादविवादमा उत्रिएको भन्दै यसमा विवाद गर्नुभन्दा पनि समाधान खोज्नतर्फ लाग्नुपर्ने बताएका छन् । त्यस्तै, सबै कम्पनीलाई एउटै डालोमा हाल्न नहुने भन्दै पोखरेलले लगानीकर्ताकै हितका लागि ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिन नहुने निर्णय गरेको पनि उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register