प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भारतको ओडिसा राज्यस्थित एक विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल मृत्युको विषयमा हालसम्म तीन जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा एक जना र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई जना गार्ड पक्राउ परेका हुन् । आइतबार केआईआईटी विश्वविद्यालयकी कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको थियो । सोही घटनाको निष्पक्ष छानबिनको माग […]

Feb 18, 2025 - 08:51
 0
प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित विद्यार्थी र दुई गार्डविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भारतको ओडिसा राज्यस्थित एक विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल मृत्युको विषयमा हालसम्म तीन जना पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनको आरोपमा एक जना र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई जना गार्ड पक्राउ परेका हुन् ।

आइतबार केआईआईटी विश्वविद्यालयकी कम्प्युटर साइन्सको तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको थियो । सोही घटनाको निष्पक्ष छानबिनको माग राख्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए ।

आन्दोलनको क्रममा विद्यार्थीहरूलाई कुटपिट गर्ने विश्वविद्यालयका सुरक्षा गार्डहरूलाई स्थानीय इन्फोसिटी प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ । स्थानीय पोलिस कमिश्नरेटस् भुवनेश्वर कटकेद्वारा जारी विज्ञप्तिअनुसार दुई सुरक्षा गार्डहरू रामकान्त नायक ९४५ वर्ष० र जोगेन्द्र बेहेरा ९२५ वर्ष० लाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार प्रकृतिका दाई सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी चौकीमा उजुरीको आधारमा २१ वर्षीय अध्विक श्रीवास्तवलाई समेत पक्राउ गरिएको छ । सिग्देलको उजुरीपछि १६ फेब्रुअरीमा मुद्दा दर्ता गरेर सोहीदिन पक्राउ गरेको जनाएको छ ।

भारतीय नयाँ दण्ड संहिताअन्तर्गत आत्महत्याका लागि दुरुत्साहन पक्राउ परेका श्रीवास्तवलाई न्यायिक हिरासतमा राखिएको प्रहरीले जानेको छ । अनुसन्धान प्रक्रिया जारी रहेको र सम्बन्धित दस्तावेज तथा विद्युतीय सामग्रीहरू जफत गरिँदै गरेको प्रहरी प्रशासनले जनाएको छ ।

भुवनेश्वर(कटके प्रहरी प्रशासनले दुवै मुद्दाको निष्पक्ष र न्यायोचित अनुसन्धान भइरहेकोले स्थिति सामान्यतर्फ गएको जनाएको छ भने विश्वविद्यालय प्रशासनले समेत विद्यार्थीहरूलाई फिर्ता बोलाएकाले अहिले स्थिति सामान्य हुँदै गएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रशासनले विशेष गरी नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्धता जनाएको छ । प्रहरी प्रशासनले सबै विद्यार्थीहरूलाई कुनै पनि सुरक्षासम्बन्धी समस्या परेमा २४ सै घण्टा सञ्चालनमा रहेको हेल्पलाइन नम्बर ८२८०३३८३०१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register