भाटभटेनीबाट २ लाख बढीको रक्सी र काजु चोर्ने व्यक्ति पक्राउ 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटबाट रक्सी र चुरोट लगायतका सामान चोर्ने व्यक्ति पक्राउ परेका छन् । नक्सालस्थित भाटभटेनीबाट रक्सी, चुरोट, काजु लगायतका सामान चोर्ने दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार श्रेष्ठले चोरेको सामानको मूल्य दुई लाख १८ हजार रुपैयाँ बराबर रहेको छ । सामान चोरेर भागेका […]

May 7, 2025 - 02:54
 0
भाटभटेनीबाट २ लाख बढीको रक्सी र काजु चोर्ने व्यक्ति पक्राउ 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटबाट रक्सी र चुरोट लगायतका सामान चोर्ने व्यक्ति पक्राउ परेका छन् । नक्सालस्थित भाटभटेनीबाट रक्सी, चुरोट, काजु लगायतका सामान चोर्ने दोलखाको बैतेश्वर गाउँपालिका-२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार श्रेष्ठले चोरेको सामानको मूल्य दुई लाख १८ हजार रुपैयाँ बराबर रहेको छ । सामान चोरेर भागेका उनलाई भक्तपुरको थिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले बैशाख २० गते भाटभटेनीको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका रक्सी, चुरोट, काजु र पिस्ता लगायतका खाद्यवस्तु चोरी गरेका थिए । पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register