युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप साउदीमा अमेरिका र रुसबीच वार्ता सुरु

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले साउदी अरेबियामा अमेरिका र रुसबीच वार्ता सुरु भएको छ । युद्ध सुरु भएको तीन वर्षपछि यसलाई रोक्ने प्रयाससहित पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो । वार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सहभागी छन् । यद्यपि, युक्रेन वा युरोपबाट कसैलाई पनि आमन्त्रित गरिएको छैन । यसबीच क्रेमलिनले […]

Feb 18, 2025 - 10:21
 0
युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप साउदीमा अमेरिका र रुसबीच वार्ता सुरु

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले साउदी अरेबियामा अमेरिका र रुसबीच वार्ता सुरु भएको छ ।

युद्ध सुरु भएको तीन वर्षपछि यसलाई रोक्ने प्रयाससहित पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो ।

वार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सहभागी छन् । यद्यपि, युक्रेन वा युरोपबाट कसैलाई पनि आमन्त्रित गरिएको छैन ।

यसबीच क्रेमलिनले आवश्यक परे राष्ट्रपति पुटिनले युक्रेनसँग वार्ता गर्ने बताएका छन् ।

अमेरिकाले यो वार्ता रुस युद्ध अन्त्य गर्न गम्भीर छ कि छैन भनेर पत्ता लगाउने पहिलो कदम भएको बताइएको छ भने रुसले अमेरिकासँगको सम्बन्ध सामान्य बनाउने आशा राखेको बताएको छ ।

तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई समावेश नगरी आफ्नो देशले कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।

युरोपेली नेताहरू पनि वार्तामा सामेल हुन चाहन्छन् र सोमबार आपत्‌कालीन बैठक बोलाएका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले यदि दिगो शान्ति सम्झौता भएमा युक्रेनमा बेलायती सेना पठाउने विचार गर्ने बताएका छन्, तर अन्य देशहरूले अहिलेसम्म यस विषयमा उदासीनता देखाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register