दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

काठमाडौं । भाजपा विधायक रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ लिएकी छिन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य भाजपा नेताहरू पनि उपस्थित थिए । रेखाबाहेक प्रवेश वर्मा, मन्जिंदरसिंह सिरसा, रविन्द्र इन्दराज सिंह, आशिष […]

Feb 20, 2025 - 07:56
 0
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ

काठमाडौं । भाजपा विधायक रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ लिएकी छिन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य भाजपा नेताहरू पनि उपस्थित थिए ।

रेखाबाहेक प्रवेश वर्मा, मन्जिंदरसिंह सिरसा, रविन्द्र इन्दराज सिंह, आशिष सूद, कपिल मिश्रा र पङ्कजकुमार सिंहले मन्त्री पदको शपथ लिएका छन् ।

प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट विधानसभा चुनावमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र काङ्ग्रेस उम्मेदवार सन्दीप दीक्षितलाई पराजित गरेका थिए ।

दिल्ली विधानसभा चुनावमा भाजपाले ७० मध्ये ४८ सिट जितेर आम आदमी पार्टीको दशक लामो शासनको अन्त्य गरेको थियो ।

दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ता को हुन् ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register