बेलुनमा ग्यास भरेको आरोपमा पक्राउ परेकालाई दैनिक हाजिरमा छाडियो

काठमाडौं । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेशलाई दैनिक उपस्थित हुनेगरी साधारण तारेखमा छाड्न आदेश भएको छ । उनलाई दैनिक हाजिरमा उपस्थित हुनेगरी जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयको कास्कीको हिरासतमा रहेका उनलाई प्रहरीले प्रशासनको आदेशसँगै प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ । […]

Feb 20, 2025 - 14:05
 0
बेलुनमा ग्यास भरेको आरोपमा पक्राउ परेकालाई दैनिक हाजिरमा छाडियो

काठमाडौं । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेशलाई दैनिक उपस्थित हुनेगरी साधारण तारेखमा छाड्न आदेश भएको छ ।

उनलाई दैनिक हाजिरमा उपस्थित हुनेगरी जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालयको कास्कीको हिरासतमा रहेका उनलाई प्रहरीले प्रशासनको आदेशसँगै प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ ।

कमलेशले बेचेको बेलुन फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको थियो ।

बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register