अक्षयको ‘हाउसफुल ५’ गर्यो दुई दिनमा भारु ५४ करोडको व्यापार

झापा, २५ जेठ । बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’ ले दुई दिनमा भारु ५४ करोडको व्यापार गरेको छ । यो फिल्मले शुक्रबार र शनिबार भारतभर ५४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो । यो फिल्म फरक क्लाइमेक्ससहित दुइ भर्सन शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको थियो । पहिलो दिन यस फिल्मले घरेलु बक्स अफिसमा २४ करोड भारुको [...] The post अक्षयको ‘हाउसफुल ५’ गर्यो दुई दिनमा भारु ५४ करोडको व्यापार appeared first on Jhapa Online.

Jun 8, 2025 - 13:34
 0
अक्षयको ‘हाउसफुल ५’ गर्यो दुई दिनमा भारु ५४ करोडको व्यापार

झापा, २५ जेठ । बलिउडको कमेडी फिल्म ‘हाउसफुल ५’ ले दुई दिनमा भारु ५४ करोडको व्यापार गरेको छ ।

यो फिल्मले शुक्रबार र शनिबार भारतभर ५४ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो । यो फिल्म फरक क्लाइमेक्ससहित दुइ भर्सन शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको थियो । पहिलो दिन यस फिल्मले घरेलु बक्स अफिसमा २४ करोड भारुको ओपनिङ गर्‍यो । शनिबार भने फिल्मको कमाइ बढेर ३० करोड पुगेको छ।

फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, फरदीन खान, श्रेयस तलपदे, नाना पाटेकर, ज्याकी श्राफ, डिनो मोरिया, चंकी पाण्डे, जोनी लिभर र निकितिन धीर लगायतको अभिनय रहेको छ।

The post अक्षयको ‘हाउसफुल ५’ गर्यो दुई दिनमा भारु ५४ करोडको व्यापार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register