गगन भन्छन्- काङ्ग्रेसको मिसन २०८४ होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार

पाल्पा । सत्तारुढ दल नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाले अबको तीन वर्ष काङ्ग्रेसका   लागि मिसन-२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार यहाँको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले भने “अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।” काङ्ग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले […]

Feb 19, 2025 - 14:52
 0
गगन भन्छन्- काङ्ग्रेसको मिसन २०८४ होइन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार

पाल्पा । सत्तारुढ दल नेपाली काङ्ग्रेसका  महामन्त्री गगन थापाले अबको तीन वर्ष काङ्ग्रेसका   लागि मिसन-२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् ।

बुधबार यहाँको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले भने “अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो ।” काङ्ग्रेसका लागि तीन वर्ष पर्याप्त समय भएकाले काङ्ग्रेस  सक्रिय भएर लाग्ने प्रतिबद्धता महामन्त्री थापाले व्यक्त गरे ।

संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो । महामन्त्री थापाले अब निःशुल्क स्वास्थ्य, शिक्षा र पर्याप्त रोजगारको वातावरण सिर्जना गर्ने गरी काम गर्ने उल्लेख गरे। उनले काङ्ग्रेस २०८४ सम्म राम्रो काम गरेर जनतामाँझ जान सक्नुपर्ने बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register