अङ्गालो मार्नुका छन् यति धेरै फाइदा !

एजेन्सी । अङ्गालो मार्नु माया जताउने सबैभन्दा राम्रो तरिका हो । एक अनुसन्धानकाअनुसार कसैलाई अङ्गालो मार्नुले स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ । यसले तपाईंको दिमाग तेज हुनुको साथसाथै तपाईंलाई तनावबाट पनि मुक्ति मिल्छ । अङ्गालो मार्नुका के–के फाइदा यसबारे जानौँ – तनावबाट मुक्ति यदि तपाईं तनावमा हुनुहुन्छ भने कसैले अङ्गालोमा बेर्छ भने तपाईंलाई राम्रो लाग्छ […]

Feb 22, 2025 - 09:08
 0
अङ्गालो मार्नुका छन् यति धेरै फाइदा !

एजेन्सी । अङ्गालो मार्नु माया जताउने सबैभन्दा राम्रो तरिका हो ।

एक अनुसन्धानकाअनुसार कसैलाई अङ्गालो मार्नुले स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ । यसले तपाईंको दिमाग तेज हुनुको साथसाथै तपाईंलाई तनावबाट पनि मुक्ति मिल्छ । अङ्गालो मार्नुका के–के फाइदा यसबारे जानौँ –

तनावबाट मुक्ति

यदि तपाईं तनावमा हुनुहुन्छ भने कसैले अङ्गालोमा बेर्छ भने तपाईंलाई राम्रो लाग्छ । साथै, अङ्गालोमा सँगै सुत्नाले तपाईंलाई अरू दिनको तुलनामा राम्रो निद्रा पनि आउँछ ।

अनुसन्धानले प्रमाणित गरिसकेका छन् कि आफ्नो साथीको अङ्गालोमा बस्दा तनावबाट मुक्त हुन मद्दत मिल्छ । यदि तपाईं आफ्नो साथीको अङ्गालोमा सुत्नुहुन्छ आरामदायी र शान्तिपूर्ण निद्रा आउनेछ ।

एक–अर्कालाई बुझ्न मद्दत

कसैलाई नियमित रूपमा अङ्गालो मार्दा रगतमा अक्सिटोसिन र कोर्टिसोल नामक दुई हर्मोनको स्राव हुन्छ । यी दुवै हर्मोन तनाव र डिप्रेसनसँग लड्न र जोडीलाई एक अर्कालाई बुझ्न मद्दत गर्छ ।

यदि तपाईं लामो समयसम्म स्वस्थ रहन चाहनुहुन्छ भने त्यसको लागि आफ्नो पार्टनरलाई नियमित रूपमा अङ्गालो मार्नुहोस् ।

रक्तचाप नियन्त्रण गर्न

अङ्गालो मार्नुले तपाईंको स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । यसले तपाईंको रक्तचापलाई पनि नियन्त्रण गर्नसक्छ ।

सम्बन्ध बलियो

आजको समयमा हरेक व्यक्ति धेरै व्यस्त रहन्छन् । कसैसँग यति समय छैन कि उसले आफ्नो वा परिवारको लागि समय निकाल्न सकोस्, जसको कारणले आफ्नो परिवार, पार्टनरको साथसाथै नोकरी गर्नु धेरै गाह्रो हुँदै गइरहेको छ । यसको असर यति बढेको छ कि सम्बन्धहरूमा टाढापन आउन थालेको छ ।

यदि तपाईं यसबाट मुक्ति पाउन चाहनुहुन्छ भने आफ्नो पार्टनरलाई आफ्नो अङ्गालोमा बेरेर आफ्नो पूरा दिनको हालचाल बताउनुहोस् र उनको कुरा पनि सुन्नुहोस् । उसले सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्नेछ ।

नराम्रो बानीबाट मुक्ति

आफ्नो पार्टनरलाई नियमित रूपमा अङ्गालो मार्नाले तपाईं नराम्रो बानीबाट पनि मुक्ति पाउन सक्नुहुन्छ । यदि तपाईंको पार्टनरलाई धुमपान वा अरू कुनै गलत लत छ भने उनलाई हरेक रात अङ्गालो मार्नुहोस् । यसले उनलाई सुरक्षित पनि महसुस हुनेछ ।

साथै, तपाईं पार्टनरलाई अङ्गालो गरेरै उनको लागि के राम्रो छ र के गलत छ भनेर बताउनुहोस् । जब तपाईं यी कुराहरू भन्दै हुनुहुन्छ, तब आफ्नो पार्टनरलाई आफ्नो अङ्गालोमा कसेर बोल्नुहोस् । यसले तपाईंले भनेको कुराको बढी प्रभाव पर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register