‘होस्टेल ३’ ट्रेलरको रेकर्ड – विश्वका १३ देशमा ट्रेन्डिङ

यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ । नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ [...] The post ‘होस्टेल ३’ ट्रेलरको रेकर्ड – विश्वका १३ देशमा ट्रेन्डिङ appeared first on Jhapa Online.

Feb 22, 2025 - 11:21
 0
‘होस्टेल ३’ ट्रेलरको रेकर्ड – विश्वका १३ देशमा ट्रेन्डिङ


यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ ।

नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ ।

विशेषगरी खाडी मुलुकहरु, युरोपियन देशहरु, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा ट्रेलरप्रति दर्शकको आकर्षण देखिएको छ । कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र यूएइमा पाँचौँ स्थानमा रहेको ट्रेलर अस्ट्रेलिया र जापानमा सातौँ, माल्टामा पनि सातौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा चौधौँ र बेलायतमा अट्ठाइसौँ स्थानमा छ ।

ट्रेलरले युट्युबमा भ्यूज र प्रतिक्रिया पनि लोभलाग्दो पाएको छ । २० घण्टामा ट्रेलरलाई ९ लाख ९० हजार बढी भ्यूज मिलिसकेको छ भने तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा तारिफ मात्र देखिन्छ । कतिले फिल्म सुपरहिट हुने दाबी गरेका छन् भने कतिले ‘फिल्म क्षेत्रले नयाँ स्टार पाउँदैछ’ भनेर प्रतिक्रिया जनाएका छन् ।

ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा पेस गरेको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् ।

सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान लगायतको पनि अभिनय छ । यसमा निर्देशक कँडेलको कथा र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्ममा निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी, सह(निर्माताहरु शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर तथा कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन् ।

The post ‘होस्टेल ३’ ट्रेलरको रेकर्ड – विश्वका १३ देशमा ट्रेन्डिङ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register