कनकाईका कृषकलाई लागत सहभागितामा कृषि औजार वितरण

कनकाई, २० जेठ । झापाको कनकाई नगरपालिकाले यहाँका कृषक कृषि औजार वितरण गरेको छ । नगरपालिकाले सिञ्चाइ मोटर र मकै छोड्याउने मेसिन वितरण गरेको हो । नगर अन्तरगत वडामार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिनुभयो । सोमबार आयोजित एक कार्यक्रमका बीच [...] The post कनकाईका कृषकलाई लागत सहभागितामा कृषि औजार वितरण appeared first on Jhapa Online.

Jun 3, 2025 - 05:32
 0
कनकाईका कृषकलाई लागत सहभागितामा कृषि औजार वितरण

कनकाई, २० जेठ । झापाको कनकाई नगरपालिकाले यहाँका कृषक कृषि औजार वितरण गरेको छ ।

नगरपालिकाले सिञ्चाइ मोटर र मकै छोड्याउने मेसिन वितरण गरेको हो । नगर अन्तरगत वडामार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिनुभयो ।

सोमबार आयोजित एक कार्यक्रमका बीच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि उपकरणहरु वितरण गर्नुभएको हो । मागका आधारमा सिञ्चाइ मोटर ७६ वटा र मकै छोड्याउने मेसिन ७२ वटा वितरण गरिएको जनाइएको छ ।

कृषी सामाग्री वितरण कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदी, कनकाई–६ का वडाध्यक्ष लक्ष्मी ओली, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

The post कनकाईका कृषकलाई लागत सहभागितामा कृषि औजार वितरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register