स्कटल्यान्डविरुद्धको एक विकेटले नेपालको रोमाञ्चक जित हात

झापा, २० जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाएको थियो । निर्धारित ५० ओभरको खेलमा ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाएर २९० रन बनाएको थियो । ६ बलमा ७ रन [...] The post स्कटल्यान्डविरुद्धको एक विकेटले नेपालको रोमाञ्चक जित हात appeared first on Jhapa Online.

Jun 3, 2025 - 04:32
 0
स्कटल्यान्डविरुद्धको एक विकेटले नेपालको रोमाञ्चक जित हात

झापा, २० जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाएको थियो । निर्धारित ५० ओभरको खेलमा ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाएर २९० रन बनाएको थियो । ६ बलमा ७ रन ल्याउँदा बाँकी रहँदा अन्तिम ५० औं ओभरको पहिलो बलमै मार्क वाटले जर्ज मुन्सीको हातबाट सन्दीपलाई क्याचआउट गरे ।

त्यसपछि अन्तिम विकेट रिजन ढकाल क्रिजमा आए । स्ट्राइक उनकै थियो । वाटले वाइड बल फ्याँके। दोस्रो बलमा रिजनले रन लिनै सकेनन्। तर तेस्रो बल उनले खेर जान दिएनन्। करणले स्ट्राइक पाए । चौथो बलमा २ रन लिए। पाँचौँ बलमा पनि २ रन बटुले। खेल टाई भयो। त्यसपछि बल वाइड हुँदा नेपाल विजयी भयो ।

The post स्कटल्यान्डविरुद्धको एक विकेटले नेपालको रोमाञ्चक जित हात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register