आफ्नै घरभित्र दम्पतीको हत्या
प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक दम्पतीको हत्या भएको छ। अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । शनिबार उनीहरू ढिलोसम्म नउठेपछि [...] The post आफ्नै घरभित्र दम्पतीको हत्या appeared first on Jhapa Online.

प्युठान, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक दम्पतीको हत्या भएको छ।
अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।
शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय प्युठानलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको हत्या गरेको देखिएको छ।
The post आफ्नै घरभित्र दम्पतीको हत्या appeared first on Jhapa Online.
What's Your Reaction?






