‘जुन त लग्यो ताराले’मा वैदेशिक रोजगारीका कथा र व्यथा (तस्वीरहरू)

काठमाडौं । रङ्गकर्मी ईँगिहोपो कोँइच सुनुवारको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको नाटक ’जुन त लग्यो ताराले’को थापागाउँस्थित मण्डला थिएटरमा यही फागुन १० देखि नियमित मञ्चन सुरु भएको छ । ‘जुन त लग्यो ताराले’मा वर्तमान नेपाली समाजको समुन्नत बन्ने सपनाको सुरु अनि अन्तिम विकल्प बनिरहेको वैदेशिक रोजगारीको कथा र व्यथा छ । जहाँ बाध्यता, रहर अनि […]

Feb 23, 2025 - 02:27
 0
‘जुन त लग्यो ताराले’मा वैदेशिक रोजगारीका कथा र व्यथा (तस्वीरहरू)

काठमाडौं । रङ्गकर्मी ईँगिहोपो कोँइच सुनुवारको लेखन, परिकल्पना तथा निर्देशनमा बनेको नाटक ’जुन त लग्यो ताराले’को थापागाउँस्थित मण्डला थिएटरमा यही फागुन १० देखि नियमित मञ्चन सुरु भएको छ ।

‘जुन त लग्यो ताराले’मा वर्तमान नेपाली समाजको समुन्नत बन्ने सपनाको सुरु अनि अन्तिम विकल्प बनिरहेको वैदेशिक रोजगारीको कथा र व्यथा छ । जहाँ बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई कसरी एक्लो बनाइरहेको देखाइएको छ ।

रोजगार र गुणस्तरीय शिक्षाको खोजीमा नेपाली युवा पुस्ता विदेशिएका कारण पारिवारिक र अन्य सम्बन्धमा भएको स्नेह, माया, साथ, विश्वास, न्यानोपना कसरी छुट्टिरहेको छ भन्ने पनि नाटकमा प्रस्तुत गरिएको छ ।

’जुन त लग्यो ताराले’मा मण्डला ल्याब– १६ का प्रशिक्षार्थीहरूको अभिनय रहेको छ ।

मुमा आट्र्स र मण्डला थिएटरको संयुक्त प्रस्तुति रहेको नाटकमा उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नाटक फागुन १८ गतेसम्म सोमबारबाहेक हरेक दिन दिउँसो ४ बजे मण्डलामा मञ्चन भइरहेको छ ।

हेरौँ तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register