हमासको कब्जामा कति बन्धक जिवितै छन् ?
काठमाडौं । हमास र इजरायलबीच दोस्रो चरणको युद्ध विरामका लागि छलफल चलिरहेको छ । पहिलो चरणको युद्धविराम समाप्त भइसकेको छ । दोस्रो चरणको युद्धविरामको सम्झौता हुनु अगावै इजरायलले गाजा क्षेत्रको विद्युत् कटौती गरेको छ । पहिलो चरणको ४२ दिने युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गरेको थियो । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार […]

काठमाडौं । हमास र इजरायलबीच दोस्रो चरणको युद्ध विरामका लागि छलफल चलिरहेको छ ।
पहिलो चरणको युद्धविराम समाप्त भइसकेको छ । दोस्रो चरणको युद्धविरामको सम्झौता हुनु अगावै इजरायलले गाजा क्षेत्रको विद्युत् कटौती गरेको छ ।
पहिलो चरणको ४२ दिने युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गरेको थियो । इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार अब हमासको कब्जामा २४ जना जिवित बन्धक छन् ।
इजरायलका अनुसार हमासको बन्धनमा रहेका २४ जनामध्ये २२ जना इजरायली हुन् । १ जना थाइल्याण्डका नगारिक हुन् भने एक नेपाली विद्यार्थी विपिन जोशी हुन् । यी २४ जना जिवितै रहेको इजरायलको दाबी छ ।
२२ जना इजरायलीमध्ये ४ जना सैनिक हुन् भने बाँकी नोभा म्यूजिक फेस्टिवलमा सुरक्षा गार्ड छन् ।
हमास र इजरायलबीच दोस्रो चरणको युद्धविराम भएमा यी २४ जना रिहा हुने छन् । हमासको नियन्त्रणमा ३५ जना बन्धकको शव छ ।
What's Your Reaction?






