काठमाडौं महानगरले आयोगलाई बुझायो रेखा शर्माले गरेको बालश्रम शोषणको कागजात

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले गरेको बाल श्रम शोषणको प्रतिवेदन काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाएको छ । नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सांसद निर्वाचित शर्माले बाल श्रम शोषण गरेको र बालिकालाई दास बनाएको भन्दै महानगरले प्रहरीमा उजुरी दिएको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध […]

Feb 23, 2025 - 10:12
 0
काठमाडौं महानगरले आयोगलाई बुझायो रेखा शर्माले गरेको बालश्रम शोषणको कागजात

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले गरेको बाल श्रम शोषणको प्रतिवेदन काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाएको छ ।

नेकपा एमालेबाट लुम्बिनी प्रदेशसभा सांसद निर्वाचित शर्माले बाल श्रम शोषण गरेको र बालिकालाई दास बनाएको भन्दै महानगरले प्रहरीमा उजुरी दिएको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयमाथि स्व–विवेकिय अधिकार प्रयोग गर्दै आयोगले ३० माघमा सरकारी वकिल कार्यालय र प्रहरीलाई साता दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् ।

बालिकालाई पढाइदिने भन्दै काठमाडौं ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, कुटपिट गर्ने र मानसिक यातना दिने गरेको भन्दै बालिकाले नै महानगरको टोलीसँग गुनासो गरेकी थिइन् । यसपछि महानगरले १४ जेठमा बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।

उद्धारपछि महानगरले बालिकालाई दिएको मनोपरामर्श, महानगरले गरेको अनुसन्धानको विवरण र बालिकाले सुनाएको आफूमाथि भएको यातनाको विवरण समेटेर महागनरले आइतबार आयोगका सचिव मुरारिप्रसाद खरेललाई प्रतिवेदन बुझाएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register