ओलीलाई रेखा शर्माको जवाफ : लोकतन्त्रमा हार नस्वीकार्नेले जित्न पनि सक्दैन

काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे । विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् । आफ्ना पार्टीका महासचिव शङ्खर पोखरेलको गृह जिल्ला पुगेका ओलीले आमसभामा प्रतिनिधि सभा निर्वाचनको विषयमा मतादातासँग असन्तुष्टि पोखेका थिए । “शङ्कर […]

Feb 25, 2025 - 09:20
 0
ओलीलाई रेखा शर्माको जवाफ : लोकतन्त्रमा हार नस्वीकार्नेले जित्न पनि सक्दैन

काठमाडौं । लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा एमालेको आमसभालाई सम्बोधन गरे ।

विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उछितो काढेका ओलीले दाङका मतदातालाई पनि बाँकी राखेनन् ।

आफ्ना पार्टीका महासचिव शङ्खर पोखरेलको गृह जिल्ला पुगेका ओलीले आमसभामा प्रतिनिधि सभा निर्वाचनको विषयमा मतादातासँग असन्तुष्टि पोखेका थिए । “शङ्कर पोखरेललाई चुनाव हराएर अरू ‘आधा न साधा’ का मान्छेलाई जिताएर पठाउनु तपाईंहरूको गल्ती त भयो नि ।” उनले भनेका थिए ।

ओलीले पोखरेललाई हराएर माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई चुनाव जिताएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । ओलीले दाङमा पुगेर मतदाताको अपमान गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध मङ्गलबारको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद रेखा शर्मा खरो उत्रिएकी छिन् ।

बैठकको विशेष समयमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीले आम मतदाताको अपमान गरेको आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा आफ्ना पार्टीका नेता पोखरेललाई हराएर आधा न साधाका मान्छेलाई जिताएको भनेकोमा आफू आश्चर्यमा परेको बताइन् ।

बहुदलीय प्रतिस्पर्धामा आफूले जित्दा ठीक र अरूले जित्दा बेठीक ठान्नु लोकतन्त्र विरोधी चिन्ता रहेको शर्माले बताइन् । “निर्वाचन भनेको लोकतन्त्रमा जनताले आफ्नो मत जाहेर गर्ने माध्यम हो । यसमा जित हार स्वाभाविक हुन्छ,” शर्माले भनिन्, “आफू र आफ्नोले जित्दा ठीक र लोकतन्त्र । अरूले जित्नु बेठीक र अयोग्यता । त्यो मात्र हैन मतदाताको गल्ती ठान्नु लोकतन्त्र विरुद्धको चिन्ता हो ।”

लोकतन्त्रमा हार स्वीकार गर्न नसक्नेले जित्न पनि नसक्ने भन्दै शर्माले ओलीमाथि थप आक्रोश पोखेकी थिइन् । ओलीको भनाइ सामन्तवाद र पितृसत्तात्मक सोच भएको बताउँदै शर्माले भनिन्, “जसले लोकतन्त्रमा हार स्वीकार्दैन उ जित्न पनि सक्दैन । म उहाँको अभिव्यक्ति माथि दु:ख प्रकट गर्न चाहन्छु । खेद प्रकट गर्न चाहन्छु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register