उर्जामन्त्री, सचिव र विद्युत् नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । ऊर्जा मन्त्रालयले उद्योगीहरूको पक्ष लिई नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता नउठाउन पटक-पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणी शर्माले ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोग र आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पटक-पटक काटेको पत्रसहित उजुरी हालेको हो । विद्युत् […]

Feb 25, 2025 - 12:05
 0
उर्जामन्त्री, सचिव र विद्युत् नियमन आयोगविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । ऊर्जा मन्त्रालयले उद्योगीहरूको पक्ष लिई नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता नउठाउन पटक-पटक ताकेता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

समृद्धिका लागि सुशासन अभियान नामक संस्थाका तर्फबाट संस्थाका संयोजक पवित्रमणी शर्माले ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोग र आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पटक-पटक काटेको पत्रसहित उजुरी हालेको हो ।

विद्युत् महसुल नै नउठा भन्दै ऊर्जा मन्त्रालयबाट पटक पटक निर्देशन तथा कथित छानबिन आयोग निर्माण गरी महसुल उठाउन रोक लगाइएको विषयबाट आयोग बेखबर छैन भन्दै समृद्धिका लागि सुशासन अभियान नामक संस्थालेले अख्तियारमा आज उजुरी दर्ता गराएको जनाएको छ ।

आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै दर्ता नम्बर सि–०५०१७३ फागुन १३, २०८१ मा दर्ता भएको उजुरीमा भनिएको छ ।

‘पछिल्लो समय विद्युत् नियमन आयोगलाई हतियार बनाएर पटक–पटक विद्युत् प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ । विद्युत् नियमन आयोगले पनि विद्युत् बक्यौता रकमको ५ प्रतिशतका दरले हुन आउने रकम शुल्कबापत लिई प्राधिकरणलाई पत्र लेख्नु पर्ने प्रावधान विपरीत ‘विद्युत् नियमन आयोगका अध्यक्ष राम प्रसाद धिताल’ले उद्योगीसँग निजी ‘बेनिफिट’ लिई पटक-पटक पत्राचार गरेको देखिन्छ । तसर्थ, यसरी अनियमितता गर्ने ऊर्जामन्त्री दीपक खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य  (जसले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन अख्तियार क्षेत्र बाहिर गएर सचिव स्तरीय निर्णय लिएका छन् ।) लगायतलाई छानबिन गरी आवश्यक कारबाही गर्न सविनय अनुरोध गरिन्छ ।’ उजुरीमा लेखिएको छ ।

उक्त संस्थाले थप भनेको छ, ‘ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोग, विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयले सिधै नेपाल विद्युत् प्राधिकरणलाई पटक–पटक काटेका पत्र समेत यसै निवेदन साथ संलग्न राखी उजुरी गरिएको छ । आशा छ सुशासन कायम गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो निवेदन र यो विषयमा तत्कालै गम्भीर चासो लिनेछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register