आठ गोलको वर्षा, तर भएन हारजित

काठमाडौं । स्पेनिस फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा गोलको वर्षा भएको छ । स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुधबार बिहान बार्सिलोना र एट्लेटिको मैदानमा उत्रिँदा समग्रमा ८ गोल भयो । खेलमा गोलको वर्षा भएपनि यी दुई टोलीबीच हारजित भने भएन । खेल ४–४ गोलको बराबरीमा टुङ्गियो । ओलिम्पिक लुइस कम्पनिस […]

Feb 26, 2025 - 05:06
 0
आठ गोलको वर्षा, तर भएन हारजित

काठमाडौं । स्पेनिस फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा गोलको वर्षा भएको छ ।

स्पेनिस कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बुधबार बिहान बार्सिलोना र एट्लेटिको मैदानमा उत्रिँदा समग्रमा ८ गोल भयो । खेलमा गोलको वर्षा भएपनि यी दुई टोलीबीच हारजित भने भएन । खेल ४–४ गोलको बराबरीमा टुङ्गियो ।

ओलिम्पिक लुइस कम्पनिस रङ्गशालामा घरेलु टोली बार्सिलोनाका लागि पेड्री, पाउ कुब्रासी, इनिगो मार्टिनेज र रोबार्ट लेवान्डोस्कीले गोल गरे । यता एट्लेटिकोका लागि जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्कोस लोरेन्टे र एलेक्जेन्डर सोर्लोथले गोल गरे ।

खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै ग्रिजम्यानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

तर पेड्रीले १९ र कुब्रासीले २१औं मिनेटमा गोल गर्दा बार्सिलोनाले खेल २–२ को बराबरीमा आयो । यस्तै खेलको ४१औं मिनेटमा मार्टिनेजले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–२ को अग्रता लियो ।

लेवान्डोस्कीले ७४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४–२ ले अगाडि बढाए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने सङ्केत दिए ।

इन्जुरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई  खेलमा फर्काए । यससँगै खेल ४–४ गोलको बराबरीमा सकियो ।

अब दोस्रो लेग एट्लेटिकको घरेलु मैदान मेट्रोपोलिटानोमा हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register