पशुपतिमा एकैदिन १३ लाख भेटी संकलन, ५ लाखले गरे दर्शन 

काठमाडौँ । महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार २४ घण्टामा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् ।  शिवरात्रीको दिन पशुपतिमा १४ वटा लाइनबाट प्रतिघण्टा २२ देखि २४ हजारले दर्शन गरेका छन् ।  शिवरात्रीका लागि पशुपतिनाथ बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान २ […]

Feb 27, 2025 - 02:22
 0
पशुपतिमा एकैदिन १३ लाख भेटी संकलन, ५ लाखले गरे दर्शन 

काठमाडौँ । महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार २४ घण्टामा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका हुन् । 

शिवरात्रीको दिन पशुपतिमा १४ वटा लाइनबाट प्रतिघण्टा २२ देखि २४ हजारले दर्शन गरेका छन् । 

शिवरात्रीका लागि पशुपतिनाथ बुधबार बिहान २ बजेदेखि बिहीबार बिहान २ बजेसम्म भक्तजनहरुका लागि खुला गरिएको थियो । यद्यपि यसवर्ष गत वर्षको तुलनामा कम भक्तजन दर्शनका लागि पुशपित पुगेको कोषले जनाएको छ । 

त्यस्तै, महाशिवरात्रीको दिन पशुपतिमा करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । तथापि भेटी गणना गर्ने कार्य अझैँ बाँकी रहेकाले यो रकम अझै बढ्ने देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register