पाकिस्तानमा रेल हाइज्याक गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाइज्याक गरेको छ । रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ । […]

Mar 11, 2025 - 11:33
 0
पाकिस्तानमा रेल हाइज्याक गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाइज्याक गरेको छ ।

रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।

पाकिस्तानी पत्रिका द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । “क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्री र गदलर बीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ,” शाहिदले भने ।

बलुचिस्तान लिबरेशन आर्मीले सम्पूर्ण घटनाको जिम्मेवारी लिएको छ र यसलाई ‘सुव्यवस्थित रणनीतिक कारबाही’ भनेको छ । सङ्गठनले यो आक्रमण बलुच जनताको स्वतन्त्रताको सङ्घर्षको एक हिस्सा भएको र उनीहरू आफ्नो लक्ष्यप्रति पूर्ण रूपमा स्पष्ट रहेको बताएको छ ।

बीएलएले चेतावनी दिएको छ, “यदि पाकिस्तानी सेनाले कुनै सैन्य कारबाही गर्छ भने यसले गम्भीर परिणाम भोग्नुपर्नेछ । कुनै पनि सैन्य आक्रमण भएमा सबै बन्धकहरूलाई मारिनेछ, र यसको जिम्मेवारी पाकिस्तान सरकार र सेनाको हुनेछ ।”

यसबीच बीएलए कस्तो समूह हो भनेर चासो बढेको छ ।

बलुचिस्तान लिबरेशन आर्मी (BLA) पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय एक सशस्त्र विद्रोही सङ्गठन हो । यो संस्थाले बलुच राष्ट्रवादलाई बढावा दिन्छ र पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताको माग गर्दछ ।

BLA २००० को दशकको सुरुमा स्थापित भएको थियो । यसको उद्देश्य बलुच जनताको अधिकारको रक्षा गर्नु र उनीहरूलाई स्वतन्त्रता प्रदान गर्नु हो । यो संगठनले पाकिस्तान सरकार र सेना विरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ ।

बलुचिस्तान लिबरेशन आर्मी पाकिस्तानमा धेरै आतङ्कवादी हमला र सैन्य द्वन्द्वका लागि परिचित छ । यसले विशेष गरी पाकिस्तानको सेना, सरकारी प्रतिष्ठान र चिनियाँ लगानी परियोजनाहरूलाई लक्षित गर्दछ ।

पाकिस्तान सरकारले बीएलएलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । यसबाहेक अमेरिका र बेलायत लगायत धेरै देशहरूले पनि यसलाई आतङ्कवादी सङ्गठन मानेका छन् ।

यो सङ्गठन भारत-पाकिस्तान विभाजनपछि स्वतन्त्र देशको रूपमा बाँच्न चाहन्थे भन्ने विश्वास गर्छ । तर, उसको सहमति बिना नै पाकिस्तानमा समावेश गरियो । त्यसैले बलुचिस्तानमा सेना र जनता बीचको द्वन्द्व आज पनि जारी छ ।

बीबीसीका अनुसार बलुचिस्तानमा स्वतन्त्रताको माग गर्ने धेरै सङ्गठन छन् तर बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) सबैभन्दा शक्तिशाली सङ्गठन हो । २१औं शताब्दीमा यसको प्रभाव बढेको छ ।

बीएलए बलुचिस्तानलाई पाकिस्तानी सरकार र चीनबाट मुक्त गर्न चाहन्छ । उनीहरू विश्वास गर्छन् कि बलुचिस्तानको स्रोतसाधनमाथि उनीहरूको अधिकार छ । पाकिस्तान सरकारले सन् २००७ मा बलुचिस्तान लिबरेशन आर्मीलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेको थियो ।

सिड्नीस्थित इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले जारी गरेको ग्लोबल टेररिज्म इन्डेक्स (GTI) प्रतिवेदन २०२५ मा पाकिस्तानलाई विश्वको दोस्रो सबैभन्दा बढी आतङ्कवादबाट प्रभावित देशको रूपमा वर्णन गरिएको छ ।

प्रतिवेदनअनुसार पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान सबैभन्दा बढी आतङ्कवादबाट प्रभावित क्षेत्र हुन् । देशभर भएका कुल आतंकवादी घटनामध्ये ९० प्रतिशत यसै क्षेत्रमा भएका थिए ।

प्रतिवेदनले लगातार दोस्रो वर्ष तहरीक-ए-तालिबान पाकिस्तानलाई पाकिस्तानको सबैभन्दा खतरनाक आतङ्कवादी सङ्गठनको रूपमा नाम दिएको छ । सन् २०२४ मा समूहले ४८२ आक्रमणहरू गर्‍यो, जसमा ५५८ जनाको मृत्यु भयो, जुन २०२३ को तुलनामा ९१ प्रतिशतले बढी हो ।

सम्बन्धित सामग्री – 

पाकिस्तानमा ४५० यात्रु सवार रेल ‘हाइज्याक’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register