मुस्ताङमा राेकिएकाे एचपीभी खाेप अधियान आजबाट सुरु

काठमाडौं । मुस्ताङ जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । देशव्यापी यो अभियान सरकारले गत २२ माघ देखि सुरु गरी ६ फागुनमा सम्पन्न गरे पनि मुस्ताङ सहितका चार उच्च हिमाली जिल्लामा अत्यधिक चिसो र हिमपातका कारण सुरु हुन सकेको थिएन । हिमपात र चिसो कम […]

Mar 2, 2025 - 05:21
 0
मुस्ताङमा राेकिएकाे एचपीभी खाेप अधियान आजबाट सुरु

काठमाडौं ।

मुस्ताङ जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ ।

देशव्यापी यो अभियान सरकारले गत २२ माघ देखि सुरु गरी ६ फागुनमा सम्पन्न गरे पनि मुस्ताङ सहितका चार उच्च हिमाली जिल्लामा अत्यधिक चिसो र हिमपातका कारण सुरु हुन सकेको थिएन । हिमपात र चिसो कम भएर विद्यालय खुलेसंगै आजबाट खोप सुरु हुन लागेको हो ।

पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको पठनपाठन प्रभावित हुने भएकाले बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका चौबिस विद्यालयले वर्षेनि दुई महिने हिउँदे बिदा दिने गर्छन् । फागुनको पहिलो सातादेखि विद्यालय खुल्न थालेपछि मुस्ताङमा एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङका अनुसार, आइतबारदेखि सुरु खोप अभियान फागुन २४ गतेसम्म चल्ने छ । खोप अभियानमा जिल्लाका ४ चार सय ८० जना किशोरीलाई खोप लगाइने छ । तीमध्ये चार सय ५८ जना विद्यालयमा अध्ययरत र २२ जना विद्यालय बाहिर रहेका किशोरी हुन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ढिकी गुरुङको उपस्थितिमा जनशान्ति माध्यामिक विद्यालयबाट खोप अभियानको सुरुवात गरिने जनस्वास्थ्य अधिकृत तामाङले जानकारी दिईन् ।

थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका सत्र विद्यालय र नौ स्वास्थ्य संस्था गरी २६ खोप केन्द्रबाट किशोरीलाई खोप लगाइने छ । खोप अभियानलाई प्रभावकारी बनाउन ७८ जना स्वास्थ्यकर्मी परिचालित हुने छन् ।

उपल्लो मुस्ताङका विद्यालयले गाउँपालिकाको सिफारिसमा पोखरा, लुम्बिनी र तनहुँको दुलेगौडामा घुम्ती कक्षा चलाउँदै आएका छन् । घुम्ती कक्षाका लागि बेसी झरेका उमेर समूहका सबै किशोरीहरुले खोप लगाइसकेको तामाङले बताउनुभयो । अभियानबाट कोही किशोरी नछुटोस् भनी स्वास्थ्य स्वयम्सेविकामार्फत नाम समेत सङ्कलन गरिएको छ ।

‘‘खोप अभियान सकिएपछि हरेक घर घरमा गएर खोप लगाएरनलगाएकोबारे जानकारी लिने समेत कार्यक्रम छ ।,’’ तामाङले भनिन्, ‘‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र विद्यालयका बाल क्लबले एचपिभी खोप लगाउन छुट्न सक्ने किशोरीको खोजी गर्ने छन् ।’’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register