आफ्नै विद्यार्थीलाई बाल याैनदुरपयाेग गरेको आरोपमा शिक्षक पक्राउ

धादिङ।  नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई  बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  ३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय […]

Apr 16, 2025 - 08:45
 0
आफ्नै विद्यार्थीलाई बाल याैनदुरपयाेग गरेको आरोपमा शिक्षक पक्राउ

धादिङ। 

नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई  बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिईएकाे थियाे । 

पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो ।

आरोपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयो । फरार आरोपितलाई पक्राउपछि जिल्ला अदालतको आदेशले हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो । 

आफ्नो विद्यार्थीलाई आफू सुतेकै ठाउँमा सुताएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register