वर्तमान सरकार असक्षम, जालेझेलका कारण प्रचण्डको सत्ता पतन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महत्त्वाकाङ्क्षा र जालझेलका कारण अघिल्लो सरकार पतन भएको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले प्रचण्ड प्रतिको अविश्वासका कारण उक्त सरकार पतन भएको बताएका हुन् । प्रतिवेदनमा यादवले भनेका छन्, ‘दोस्रो संसदीय निर्वाचनपछि प्रचण्ड नेतृत्वमा सरकार गठन भयो […]

Mar 2, 2025 - 10:37
 0
वर्तमान सरकार असक्षम, जालेझेलका कारण प्रचण्डको सत्ता पतन : उपेन्द्र यादव

काठमाडौं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महत्त्वाकाङ्क्षा र जालझेलका कारण अघिल्लो सरकार पतन भएको दाबी गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले प्रचण्ड प्रतिको अविश्वासका कारण उक्त सरकार पतन भएको बताएका हुन् ।

प्रतिवेदनमा यादवले भनेका छन्, ‘दोस्रो संसदीय निर्वाचनपछि प्रचण्ड नेतृत्वमा सरकार गठन भयो । प्रचण्डको महत्त्वाकाङ्क्षा र अस्थिर अभिव्यक्ति, समय समयको जालझेल, षड्यन्त्रमुलक क्रियाकलाप तथा आफू सधैँ सत्तामा टिकिरहने किसिमको गतिविधिले उत्पन्न भएका अविश्वासका कारण उनको सरकार पतन भयो ।

प्रचण्डकै अस्थिर चरित्रका कारण एमाले र काङ्ग्रेस नेतृत्वको सरकार बनेको उपेन्द्रको दाबी छ । 

वर्तमान सरकार पनि असफल र असक्षम भएको उनको निष्कर्ष छ । सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा भ्रष्टाचारमा लिप्त् भएको उपेन्द्रको आरोप छ ।

‘भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको समाजमा विद्यमान विभिन्न विभेद अन्त्य गर्ने, राष्ट्रिय हितको रक्षा, राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति काय गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम साबित भइसकेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

उनले संविधान संशोधन अपरिहार्य रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । जनपक्षीय संविधान बनाउन लागि संशोधन अत्यावश्यक रहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register