देउवाले ‘हुन्छ’ भनेपछि सिफारिस समितिबाट विश्व पौडेलले दिए राजिनामा, गभर्नर बन्न कठिन !

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि काँग्रेसले प्रस्ताव गरेका विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजिनामा दिएका छन् । उनले इमेलमार्फत अर्थमन्त्री विष्णु पौडेललाई राजिनामा पठाएका हुन् ।  पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेका सिफारिस समितिका सदस्य हुन् । काँग्रेस सभापति शेर बहादुर देउवाले गभर्नरका लागि नाम प्रस्ताव गरेपछि पौडेलले समितिबाट राजिनामा […]

May 12, 2025 - 08:10
 0
देउवाले ‘हुन्छ’ भनेपछि सिफारिस समितिबाट विश्व पौडेलले दिए राजिनामा, गभर्नर बन्न कठिन !

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि काँग्रेसले प्रस्ताव गरेका विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजिनामा दिएका छन् । उनले इमेलमार्फत अर्थमन्त्री विष्णु पौडेललाई राजिनामा पठाएका हुन् । 

पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेका सिफारिस समितिका सदस्य हुन् । काँग्रेस सभापति शेर बहादुर देउवाले गभर्नरका लागि नाम प्रस्ताव गरेपछि पौडेलले समितिबाट राजिनामा दिएका हुन् । 

स्रोतका अनुसार काँग्रेस र एमालेबीच पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले समितिबाट राजिनामा दिएका हुन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् । हाल उनैलाई गभर्नर नियुक्त गर्नेगरी सरकारले तयारी अघि बढाएको स्रोतको दाबी छ । 

यसो त यसअघि काँग्रेसले गभर्नरका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव गरेको थियो । तर, उनको राजिनामा स्वीकृत भएको छैन । राजिनामा स्वीकृत नहुने देखेपछि काँग्रेसले गभर्नरका लागि पिताम्बर भण्डारी र विश्व पौडेलको नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । त्यसमा पनि पहिलो प्राथमिकतामा पौडेल परेपछि उनले सिफारिस समितिबाट राजिनामा दिएका छन् । 

गभर्नरमा पौडेलको नाम शीर्ष स्थानमा आएपछि गभर्नरको नियुक्ति झन् पेचिलो बन्दै गएको छ । राष्ट्र बैंक ऐन, २०५८ अनुसार उनी गभर्नर बन्न अयोग्य छन् । ऐनको दफा २१ (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुनेछन् । तर, काँग्रेसले प्रस्ताव गरेका पौडेल चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालसँग प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएका थिए । यस अर्थमा उनी गभर्नर बन्न अयोग्य भएको जानकारहरु बताउँछन् । कथमकदाचित उनी गभर्नर नियुक्त भए विवादमा पर्ने निश्चित छ । यही कारण केहीले उनलाई गभर्नरका लागि प्रस्ताव गर्नु नै गलत भएको बताउँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register