बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ, ३ बैशाख । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बोलेरो चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको ज्यान गएको हो। त्यस्तै, सोही ठाउँ घर भएका सहचालक सौजन श्रेष्ठको अवस्था [...] The post बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते appeared first on Jhapa Online.

Apr 16, 2025 - 17:32
 0
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ, ३ बैशाख । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बोलेरो चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको ज्यान गएको हो। त्यस्तै, सोही ठाउँ घर भएका सहचालक सौजन श्रेष्ठको अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ ।

बुधबार दिउँसो मे १ च ५१९३ नम्बरको उक्त बोलेरो लेलेपबाट तापेथोक तर्फ आउने क्रममा तापेथोक स्थित याङ्सिला चोकमा पुगेपछि अनियन्त्रित भई अन्दाजी ३०० मिटर तल खसेको थियो ।

घटना लगत्तै दुवैजनालाई आधारभूत स्वास्थ्य चौकी तापेथोक लगिएकोमा एकजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते एकजनालाई भने थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पठाइएको प्रहरी प्रमुख रावलले जानकारी दिनुभयो ।

The post बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register