‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत शिवसताक्षीमा सरोकारवालाहरुसँग छलफल

शिवसताक्षी, २० फागुन । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्वन्धमा छलफल चलिरहेको छ । नगरका वडा नं. १, २, ३ र ८ नम्बर वडामा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो । सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, [...] The post ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत शिवसताक्षीमा सरोकारवालाहरुसँग छलफल appeared first on Jhapa Online.

Mar 4, 2025 - 02:04
 0
‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत शिवसताक्षीमा सरोकारवालाहरुसँग छलफल

शिवसताक्षी, २० फागुन । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्वन्धमा छलफल चलिरहेको छ ।

नगरका वडा नं. १, २, ३ र ८ नम्बर वडामा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो । सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, सहकारी, निजी विद्यालय, होटल व्यवयसायी, ठेक्केदार तथा ढवानी व्यवसायी, उद्यमी, व्यवसायिक किसान, बैदेशिक रोजगार सम्बद्ध सरोकारवाला, रिटर्नी संस्थाका प्रतिनिधि, बुद्धिजिवी र अन्य व्यवसायीहरुसँग छलफल गरेको रोजगार सेवाकन्द्रका प्रमुख विदुर तिम्सिनाले जानकारी दिए ।

रोजगार सेवा केन्द्रका प्रमुख बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए । ४ वडाका कार्यक्रममा सय बढीको सरोकारवाला नियकायका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न स्थानीय तहको भूमिका, आन्तरिक रोजगारीमा आवश्यक सीप विकास तथा लगानीको आवश्यकता र वैदेशिक रोजगारीको अवसर र चुनौतीबारे चर्चा गरे । सहभागीहरूले युवाहरू विदेशिनु पर्ने बाध्यता, नेपालमा रोजगारीको अस्थिरता, न्यूनतम ज्याला पाउने समस्या, र सीप अभावजस्ता विषयमा छलफल गरेका थिए ।

रोजगारी सम्बन्धी समस्याको समाधानका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिइयो । साथै, प्रविधिमा आधारित सीपमूलक तालिमको आवश्यकता, न्यूनतम ज्याला सुनिश्चित गर्ने नीति र सुरक्षित वैदेशिक रोजगारीका लागि प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याए ।

सहभागीहरुले नगर भित्र दक्ष जनशक्ति उत्पादनका लागि बजार मागमा आधारित भएर सीप विकासका कार्याक्रमहरु चलाउनु पर्ने सुझाब दिएका थिए । नगरपालिकाका अधिकांश क्षेत्रहरु कृषिमा आधारित भएकाले कृषिको व्यवसायिकरण तथा प्रशोधनमा आधारित उद्योग स्थापना र विकास जोड दिनु पर्नेमा अधिकांश सभागिहरुको भनाई थियो । नगरले नगर क्षेत्रको रोजगार नक्सांकन गर्ने प्रयोजनका लागि रोजगार सेवा केन्द्रले नगरका ११ वटै वडामा छलफल चलाउने जनाएको छ ।

The post ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत शिवसताक्षीमा सरोकारवालाहरुसँग छलफल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register