भूमिसम्बन्धी अध्यादेश संसद्‌मा निर्णायार्थ पेसबाट पछि हट्यो सत्तापक्ष

काठमाडौं । सत्तापक्ष भूमिसम्बन्धी अध्यादेश संसद्मा निर्णायार्थ पेस गर्नबाट पछि हटेको छ । भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने अवस्था नआएपछि सत्तापक्ष पछि हटेको हो । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार बस्ने संसद् बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँचवटा मात्र अध्यादेश मात्र पेस गरिने नेपालभ्युजलाई जानकारी दिए । भूमिसम्बन्धी अध्यादेशमा सकभर अझै सहमतिको प्रयास गर्ने […]

Mar 4, 2025 - 03:33
 0
भूमिसम्बन्धी अध्यादेश संसद्‌मा निर्णायार्थ पेसबाट पछि हट्यो सत्तापक्ष

काठमाडौं । सत्तापक्ष भूमिसम्बन्धी अध्यादेश संसद्मा निर्णायार्थ पेस गर्नबाट पछि हटेको छ ।

भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने अवस्था नआएपछि सत्तापक्ष पछि हटेको हो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार बस्ने संसद् बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँचवटा मात्र अध्यादेश मात्र पेस गरिने नेपालभ्युजलाई जानकारी दिए ।

भूमिसम्बन्धी अध्यादेशमा सकभर अझै सहमतिको प्रयास गर्ने सहमति नभए त्यसलाई विधेयकको रुपमा अघि बढाउने उनले बताए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल नै भूमिसम्बन्धी अध्यादेशमा सहमत नभएपछि सरकार यसलाई संसदमा निर्णायार्थ पेस गर्नबाट पछि हटेको हो ।

भूमिसम्बन्धी अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा सहमति जुट्न सकेको छैन । जसपा नेपालले साथ नदिएको खण्डमा राष्ट्रियसभामा सत्तापक्षको बहुमत पुग्दैन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register