कनकाईमा गणतन्त्र दिवस : झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल

कनकाई, १५ जेठ । झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल वितरण गरेर १८ औं गणतन्त्र दिवस मनाइरहेको छ । नगरले आज बिहान नगरपरिसरमा झण्डात्तोलन गरेको छ । आज साँझ नगरमा दीपप्रज्वलन गरिनेछ भने भोलि कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिने छ । नगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा [...] The post कनकाईमा गणतन्त्र दिवस : झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल appeared first on Jhapa Online.

May 29, 2025 - 06:15
 0
कनकाईमा गणतन्त्र दिवस : झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल

कनकाई, १५ जेठ । झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल वितरण गरेर १८ औं गणतन्त्र दिवस मनाइरहेको छ । नगरले आज बिहान नगरपरिसरमा झण्डात्तोलन गरेको छ । आज साँझ नगरमा दीपप्रज्वलन गरिनेछ भने भोलि कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिने छ ।

नगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीसहित जनप्रतिनिधिले झण्डात्तोलन गर्दै सहिदहरुको तस्वीरमा फुलगुच्चा अर्पण गर्दै गणतन्त्र दिवस मनाएको हो।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उप–प्रमुख शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उप–प्रमुख शिवाकोटीले गणतन्त्रको अवसरमा आज साँझ नगरमा दीपप्रज्लन गरिने र भोलि कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिने जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले गणतन्त्र स्थापनासँगै विकासको गतिले तिव्रता पाएको बताउनुभयो । उहाँले गणतन्त्र अघि र अहिलेको विकासमा आकाश पतालाको फरक रहेको बताउँदै गणतन्त्र स्थापनापछि संघीयता स्थापनासँगै तीन तहको सरकार बनेसँगै विकासले फड्को मारेको समेत बताउनुभएको थियो ।

उहाँले काम गर्ने स्थानीय तहहरुमा प्रत्येक स्थानमा बाटा र कालोपत्रे भइसहेको स्पष्ट पार्नुभयो । पूर्वाधारको क्षेत्र, सामाजिक विकासका क्षेत्रसहित विभिन्न क्षेत्रमा आम नागरिकहरुलाई पहिलेको भन्दा राम्रो सुबिधा दिन सकेको नगर प्रमुख पोखरेलको भनाई थियो ।

कार्यक्रममा कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरेल २ का वढाध्यक्ष बलराम राई (प्रताप), ३ का वडाध्यक्ष युवराज चम्लागाईं, ४ का वडाध्यक्ष रोशन सुवेदी, ७ का वडाध्यक्ष भीष्मभूषण सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारी , नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगर अस्पतालका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियोे ।

The post कनकाईमा गणतन्त्र दिवस : झण्डात्तोलन, दिपावली र बिरामीलाई फलफूल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register