अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो, पोल्यान्ड पुगेका सामान फिर्ता गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले यसको खुलासा गरेको हो । ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ,’ ब्लुमबर्गको समाचारमा उल्लेख छ । यद्यपि यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका […]

Mar 4, 2025 - 03:30
 0
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो, पोल्यान्ड पुगेका सामान फिर्ता गर्ने

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले यसको खुलासा गरेको हो ।

‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ,’ ब्लुमबर्गको समाचारमा उल्लेख छ ।

यद्यपि यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।

ब्लुमबर्गको समाचारमा युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू पनि रोकिने बताइएको छ । यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् ।

गत हप्ता ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको चर्को बहसपछि अमेरिका र युक्रेनको सम्बन्ध बिग्रिएको छ । यसपछि अमेरिकाले सहयोग रोकेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register