प्रधानमन्त्री भन्छन् – हिजो जनताले सिंहदरबार र नाराणहिटी गेट बाहिरबाट हेर्थे, आज भित्र पस्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुष्प्रयास गरिरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निरंकुशतन्त्र र गणतन्त्र– कुन उत्तम हो भन्ने बहस समाप्त भइसकेको बताए । उनले भने, “हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय […]

May 29, 2025 - 07:26
 0
प्रधानमन्त्री भन्छन् – हिजो जनताले सिंहदरबार र नाराणहिटी गेट बाहिरबाट हेर्थे, आज भित्र पस्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुष्प्रयास गरिरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निरंकुशतन्त्र र गणतन्त्र– कुन उत्तम हो भन्ने बहस समाप्त भइसकेको बताए ।

उनले भने, “हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पुर्‍याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन । स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन ।”

हिजोका दिनमा रेडियोले समाचारका रुपमा हुकुम मात्र बजाउँथ्यो भने आज सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिने गरेको उनको भनाइ छ ।

ओलीले भने, “इतिहास स्मरण गर्ने हो–मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानमै हो । हिजो जनताले सिंहदरबार र नाराणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन् । गणतन्त्र जनताको शासन हो, उनीहरुले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन् । हिजो रेडियोले समाचारका रुपमा हुकुम मात्र बजाउँथ्यो, आज, सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिन्छन् ।”

अहिले सरकारको आलोचना गर्ने पाइने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register