नवराज विक प्रकरणमा जातीय भेद्‌भाव नभएको ठहर्‍याउन उच्च अदालत सुर्खेतले लिएका ८ आधार

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालात सुर्खेतले जातीय भेद्‌भावको कसुरबाट सफाइ दिँदा गालीगलोजका बेला प्रयोग गरिएका शब्दलाई जातीय भेद्‌भाव मान्न नसकिने व्याख्या गरेको छ । जिल्ला अदालतको फैसलालाई उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले आंशिक रूपमा […]

May 29, 2025 - 07:47
 0
नवराज विक प्रकरणमा जातीय भेद्‌भाव नभएको ठहर्‍याउन उच्च अदालत सुर्खेतले लिएका ८ आधार

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालात सुर्खेतले जातीय भेद्‌भावको कसुरबाट सफाइ दिँदा गालीगलोजका बेला प्रयोग गरिएका शब्दलाई जातीय भेद्‌भाव मान्न नसकिने व्याख्या गरेको छ ।

जिल्ला अदालतको फैसलालाई उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले आंशिक रूपमा उल्ट्याएको थियो । १९ मंसिरमा भएको सो फैसलाको हालै पूर्णपाठ आएको छ । उच्चले  ज्यान मुद्दामा जिल्लाको सजाय यथावत राखे पनि उच्चले जातीय विभेदको कसुरबाट भने आरोपितहरूलाई मुक्त गरेको थियो । सो फैसलाको पूर्णपाठअनुसार उच्च अदालतले जातीय भेद्‌भाव भएको ठहर हुने गरी वस्तुनिष्ठ प्रमाण नपुगेको फैसला गरेको छ । जसमा विभिन्न आठवटा आधार लिइएको छ ।

उच्चले लिएका आधार

  • नाबालिक छोरीलाई भगाउन १८ जनाको समूह घरमा आएको बेला भनेको शब्द ‘डुम’ र घटनाको परिस्थितिबारे श्रीमान् र वडा अध्यक्षलाई जानकारी गराएकोले यो अस्वाभाविक र जातीय भेद्‌भाव मान्न सकिएन ।
  • जातीय छुवाछुत वा भेद्‌भावजन्य कार्यका लागि कसैलाई भड्काउने, उस्काउने र दुरुत्साहन दिने कार्य जानी–जानी गरेको भन्ने वस्तुनिष्ठ प्रमाण भेटिएन ।
  • ‘डुम’ शब्द प्रयोग गर्दा अन्य जातीका व्यक्ति पनि त्यहाँ संलग्न रहेकाले जातीय भेद्‌भावका लागि सो शब्द प्रयोग गरेको होला भनी मान्न सकिएन ।
  • नवराज विकका बाबुले दिएको जाहेरीले पनि उनीहरूबीच घटना हुनुभन्दा पहिला जातीय भेद्‌भावले गर्दा कुनै झैझगडा भएको देखिएन ।
  • बिहे गर्ने उमेर नपुगेकाले उनीहरूले जातीय भेद्‌भावकै कारण बिहे गर्न नदिएको भन्ने र त्यसैकारण घटना भएको भन्ने तथ्य मिलेन ।
  • बिहे गर्ने उमेर नपुगेकी किशोरीलाई भगाएर लैजाने भनी आएका र बिहे गर्न उमनेर नपुगेकी किशोरीलाई भगाउन नदिने परस्पर विरोधी समूहबीचको टकरावले भएको घटनालाई विभिन्न किसिमका सामाजिक स्वार्थको संज्ञा दिएर जबरजस्ती जातीय भेद्‌भावका रूपमा व्याख्या गर्न मिलेन ।
  • नाबालिकलाई लिन भनी हुल बाँधेर आएको बेला भएको गालीगलोजलाई जातीय छुवाछुत भन्नु न्यायसंगत हुँदैन ।
  • नवारज विक पटकपटक नाबालिकलाई लिन आएको र अब आइन्दा आउँदैन भनेको अवस्थामा घटनाका दिन फेरि आएकाले नाबालिकाकी आमाले ‘त फेरि आइस् डुम’ भनेको तर त्यसकै आधारमा जातीय विभेदकै कारण मारेको भन्ने पुष्टि भएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register