दक्षिण अफ्रिका विगतमा न्युजिल्यान्डमाथि हाबी

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज (बुधबार) समान एक पटकका विजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ । आजको विजेताले मार्च ९ तारिखमा भारतसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुनेछ । मङ्गलबार राति सकिएको पहिलो […]

Mar 5, 2025 - 04:50
 0
दक्षिण अफ्रिका विगतमा न्युजिल्यान्डमाथि हाबी

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज (बुधबार) समान एक पटकका विजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुनेछ । आजको विजेताले मार्च ९ तारिखमा भारतसँग उपाधि भिडन्त गर्नेछ ।

फाइनल खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुनेछ । मङ्गलबार राति सकिएको पहिलो सेमिफाइनलमा भारत अष्ट्रेलियामाथि जित निकाल्दै फाइनलमा पुगेको हो ।

जारी प्रतियोगितामा दक्षिण अफ्रिका अपराजित छ । उसले समूह चरणमा अफगानिस्तान र इङ्ग्ल्यान्डले हराएको थियो । अष्ट्रेलियाविरुद्धको खेल भने पानी परेका कारण हुन सकेन ।

अर्कोतिर न्युजिल्यान्ले भने समूह चरणमा बङ्गलादेश र आयोजक पाकिस्तानलाई हराउँदा भारतसँग भने पराजय ब्यहोरेको थियो ।

यसर्थ समूह चरणको नतिजा हेर्दा दक्षिण अफ्रिका लयमा देखिएको छ । विगत हेर्दा पनि न्युजिल्यान्डमाथि दक्षिण अफ्रिका हाबी देखिन्छ । यी दुई टोलीबीच हालसम्म भएका ७३ वटा एकदिवसीय (ओडीआई) खेलमा दक्षिण अफ्रिका ४२ मा विजयी भएको छ ।

न्युजिल्यान्ड भने २६ खेलमा मात्र विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा भने दुई खेल खेल्दा दुवैले एक–एक खेल जितेका छन् । यसर्थ न्युजिल्यान्ड आज आफूलाई कमजोर नठानी दक्षिण अफ्रिकाविरुद्ध जित दर्ता गर्दै फाइनलमा पुग्न चाहन्छ ।

यता दक्षिण अफ्रिका भने समग्र ओडीआई खेलमा राखेको वर्चश्वलाई कायमै राख्दै न्युजिल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ ।

अष्ट्रेलियासँग भारतको बदला, चार विकेटले हराउँदै फाइनलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register