स्वास्थ्य सचिव बढुवामा विभेद गरेको भन्दै संसद्‌मा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै संसद्मा स्वास्थ्य मन्त्रीको राजीनामा माग भएको छ । संसद्को विशेष समयमा बोल्दै सांसद अमेरशकुमार सिंहले स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका हुन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य सचिवमा बढुवा गर्दा वरिष्ठ सहसचिव डा. सङ्गीता मिश्रमाथि विभेद गरेको भन्दै […]

Mar 6, 2025 - 08:17
 0
स्वास्थ्य सचिव बढुवामा विभेद गरेको भन्दै संसद्‌मा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं । स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै संसद्मा स्वास्थ्य मन्त्रीको राजीनामा माग भएको छ । संसद्को विशेष समयमा बोल्दै सांसद अमेरशकुमार सिंहले स्वास्थ्य सचिव बढुवामा सरकारले विभेद गरेको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका हुन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले स्वास्थ्य सचिवमा बढुवा गर्दा वरिष्ठ सहसचिव डा. सङ्गीता मिश्रमाथि विभेद गरेको भन्दै सिंहले मन्त्री पौडेलको राजीनामा मागेका हुन् । ‘अरूभन्दा सिनियर सहसचिव सङ्गीता मिश्रलाई सचिवमा बढुवा नगरीकन सरकारले संविधान च्यात्ने काम गर्‍यो । सङ्गीता मिश्र मधेसीको आस्थाको प्रतीक थियो। महिलाको आस्थाको प्रतीक थियो । जसरी कुलमानजीलाई जनजाति भएकै आधारले सरकारले होच्याउने काम गरेको छ यस्तै भएको छ,’ सिंहले प्रश्न गरे,’ सङ्गीता मिश्रको गल्ती के थियो । मधेसी समुदायमा जन्मिनु गल्ती थियो की महिला भएर जन्मिनु गल्ती थियो?’

उनले यो प्रकरणमा स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । ‘प्रधानमन्त्रीलाई म आव्हान गर्न चाहान्छु स्वास्थ्य मन्त्रीलाई तुरुन्तै बर्खास्त गरियोस्,’ उनले भने ।

स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयमा मधेसीको स्थान नहुने जसरी व्यवहार गरेकाले उनलाई बर्खास्त गरिनुपर्ने सिंहको भनाइ छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register