जानकी मन्दिर : हिन्दू, मुगल र राजस्थानी वास्तुकलाको ‘अद्भुत’ समिश्रण (तस्वीरहरू)

जनकपुर । धनुषाको जनकपुरधाममा अवस्थित जानकी मन्दिर नेपालकै ठूलो मन्दिरमध्ये एक हो । सीताको जन्मभूमिका रूपमा मानिने यस मन्दिरको निर्माण सन् १८९४ मा सुरु भई १९११ मा पूरा भएको थियो । रामायणकालीन मिथिला राज्यको राजधानी जनकपुरमा रहेको यस मन्दिरलाई भारतको टिकमगढ राज्यकी महारानी वृषभानु कुमारीले निर्माण गराएकी थिइन् । उनले ९ लाख चाँदीका असर्फी खर्चेर […]

Feb 9, 2025 - 02:03
 0
जानकी मन्दिर : हिन्दू, मुगल र राजस्थानी वास्तुकलाको ‘अद्भुत’ समिश्रण (तस्वीरहरू)

जनकपुर । धनुषाको जनकपुरधाममा अवस्थित जानकी मन्दिर नेपालकै ठूलो मन्दिरमध्ये एक हो । सीताको जन्मभूमिका रूपमा मानिने यस मन्दिरको निर्माण सन् १८९४ मा सुरु भई १९११ मा पूरा भएको थियो ।

रामायणकालीन मिथिला राज्यको राजधानी जनकपुरमा रहेको यस मन्दिरलाई भारतको टिकमगढ राज्यकी महारानी वृषभानु कुमारीले निर्माण गराएकी थिइन् । उनले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको भएर यो मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ ।

जानकी मन्दिर हिन्दू, मुगल र राजस्थानी वास्तुकलाको उत्कृष्ट मिश्रण रहेको संस्कृतिविदहरूको भनाइ छ । यसमा उत्तर भारतीय नागर शैलीको बढी प्रभाव देख्न सकिन्छ ।
मन्दिरमा बनाइएका मुगल शैलीका गुम्बज र राजस्थानी झरोखा शैलीले यसलाई झन् भव्य बनाएको छ ।

मन्दिरमा ११ वटा गुम्बज, कलात्मक नक्काशीयुक्त स्तम्भ र ६० वटा मुख्य कोठा रहेका छन् । विशेषगरी यहाँ विवाह पञ्चमी, राम नवमी, तीज र चैत्र शुक्ल अष्टमीमा मेला लाग्ने गर्दछ ।

हेरौँ तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register