एकीकृत समाजवादीका नेतालाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने – पहिलो दल बन्ने आधार

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । माओवादी केन्द्र चितवनले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर […]

Feb 1, 2025 - 08:13
 0
एकीकृत समाजवादीका नेतालाई पार्टीमा भित्र्याउँदै प्रचण्डले भने – पहिलो दल बन्ने आधार

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।

माओवादी केन्द्र चितवनले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् ।

अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गरे ।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उनको भनाइ छ ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गरेका छन् ।

दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना वामपन्थी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य छन् । त्यस्तै, एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गङ्गालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराईलगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register