उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर । सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए । […]

Mar 7, 2025 - 05:21
 0
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर । सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register