पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा भेटियो दोस्रो विश्वयुद्धको बम

काठमाडौं । फ्रान्सको एक रेलवे स्टेशनमा दोस्रो विश्वयुद्धकालीन बम भेटिएको छ । यसलगत्तै पेरिसको गारे डु नोर्ड स्टेशनमा युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, यो विस्फोट भने भएन । स्थानीय मिडिया रिपोर्टकाअनुसार बम सेन्ट-डेनिस क्षेत्रमा “ट्र्याकको बीचमा” फेला परेको हो । यात्रुहरूलाई अर्को सूचना नभएसम्मका लागि सेवाहरू निलम्बन […]

Mar 7, 2025 - 09:51
 0
पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा भेटियो दोस्रो विश्वयुद्धको बम

काठमाडौं । फ्रान्सको एक रेलवे स्टेशनमा दोस्रो विश्वयुद्धकालीन बम भेटिएको छ ।

यसलगत्तै पेरिसको गारे डु नोर्ड स्टेशनमा युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, यो विस्फोट भने भएन ।

स्थानीय मिडिया रिपोर्टकाअनुसार बम सेन्ट-डेनिस क्षेत्रमा “ट्र्याकको बीचमा” फेला परेको हो ।

यात्रुहरूलाई अर्को सूचना नभएसम्मका लागि सेवाहरू निलम्बन गरिएको बताइएको छ । “कृपया आफ्नो यात्रा मिति अर्कोमा परिवर्तन गर्नुहोस्,” लन्डन र पेरिस बीचको सेवा रद्द भएको कारण युरोस्टारले भन्यो ।

यो स्टेशन युरोपको सबैभन्दा व्यस्त स्टेशन हो र यसले हरेक दिन ६ लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register