कैलाशेश्वर शिव पञ्चायन मन्दिरको पुराणबाट ३१ लाख ६० हजार आम्दानी

भद्रपुर, १० जेठ । भद्रपुर ९ प्रकाशपुर स्थित कैलाशेश्वर शिव पञ्चायन मन्दिर परिसरमा बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महापुराणबाट ३१ लाख ६० हजार ९५८ रूपैया आम्दानी भएको छ भने ७ लाख ७७ हजार ७७२ रूपैया खर्च भएको सार्वजनिक गरिएको छ । पुराण आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरण अनुसार २३ [...] The post कैलाशेश्वर शिव पञ्चायन मन्दिरको पुराणबाट ३१ लाख ६० हजार आम्दानी appeared first on Jhapa Online.

May 24, 2025 - 12:21
 0
कैलाशेश्वर शिव पञ्चायन मन्दिरको पुराणबाट ३१ लाख ६० हजार आम्दानी

भद्रपुर, १० जेठ । भद्रपुर ९ प्रकाशपुर स्थित कैलाशेश्वर शिव पञ्चायन मन्दिर परिसरमा बैशाख १६ देखि २४ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महापुराणबाट ३१ लाख ६० हजार ९५८ रूपैया आम्दानी भएको छ भने ७ लाख ७७ हजार ७७२ रूपैया खर्च भएको सार्वजनिक गरिएको छ ।

पुराण आयोजक समितिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरण अनुसार २३ लाख ८३ हजार १८६ रूपैया खर्च कटाएर बचत भएको जानकारी दिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुराण मूल आयोजक समितिका अध्यक्ष चुडामणि मैनालीको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सरोकारवाला राखेर पुराणको आम्दानी खर्च सार्वजनिक गरिएको थियो ।

अध्यक्ष मैनालीले मन्दिर संञ्चालनार्थ अक्षय कोष खडा गर्न पुराण आयोजना भएको बताउँदै खर्च कटाएर बचेको सवै रकम उद्देश्य अनुरूप परिचालन गरिने छ । कोषाध्यक्ष गोपालप्रसाद श्रेष्ठले आय व्यय सार्वजनिक गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, भद्रपुर १० का कार्यबाहक वडाध्यक्ष तुलसी पोखरेल, दुर्गामाता उपासना समितिका सचिव हरिकिशोर आचार्य लगायतले मन्तव्य राख्दै सार्वजनिक पुराणबाट आएको रकम लक्ष्य अनुकुल पारदर्शी तरिकाले खर्च गर्ने बानी बसाल्दा मितव्ययिता हुने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सहसचिव राजन न्यौपानेले गरेका थिए ।

The post कैलाशेश्वर शिव पञ्चायन मन्दिरको पुराणबाट ३१ लाख ६० हजार आम्दानी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register