रौतहटको किसान विद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दियो : प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन् । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले लामो बलिदानीपूर्ण आन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक […]

Mar 8, 2025 - 04:03
 0
रौतहटको किसान विद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दियो : प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले लामो बलिदानीपूर्ण आन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गरे ।

समाजवादका लागि जनताको आर्थिक–सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिष्ट क्रान्तिकारीहरू अब यसमै केन्द्रित हुनुपर्ने उनले बताए ।

उनले रौतहट क्रान्तिकारी कम्युनिष्टहरू किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान विद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताए ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान शनिबार रौतहटमा रहेको छ । लौकाहामा जनसभासहित विभिन्न पालिकामा जनभेटघाटका कार्यक्रम रहेका छन् ।

एमाले र काङ्ग्रेसका नेता–कार्यकर्तासहित कम्तीमा ३०० जना माओवादी केन्द्रमा प्रवेश

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register