बल्खुमा राप्रपाको जनप्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गरिरहेको छ । प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ । सो जनप्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । राप्रपाले गर्ने प्रदर्शन र आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा परिचालन […]

Apr 8, 2025 - 08:03
 0
बल्खुमा राप्रपाको जनप्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गरिरहेको छ । प्रदर्शन बिहान ११ः३० बजेदेखि जारी छ ।

सो जनप्रदर्शनलाई लिएर सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । नेपाल प्रहरी र सशस्त्रका सुरक्षाकर्मी हजारौँ सङ्ख्यामा बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

राप्रपाले गर्ने प्रदर्शन र आमसभाको सुरसार नहुँदै मङ्गलबार बिहानैदेखि सुरक्षा परिचालन गरिएको हो । बल्खुको हालसम्म स्थिति सामान्य रहेको छ ।

राप्रपाको आन्दोलनलाई जगमान गुरुङले अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ । साथै दुर्गा प्रसाईंका कार्यकर्ता पनि सहभागी हुने सम्भावनालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीकाे भनाइ छ ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि राप्रपाले स्थान परिवर्तन गरेर बल्खुमा प्रदर्शन गरिरहेको हो ।

राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register