रोजगारी अभियानमा काङ्ग्रेस, आज ‘राउन्डटेबल डिस्कसन’
काठमाडौं । नेपाली काङ्ग्रेसले ‘हामी सक्छौं : मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ । रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई राजनीतिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित कांग्रेसले यो अभियान अघि बढाउन लागेको हो । अभियानको औपचारिक शुभारम्भ आज (आइतबार) सानेपास्थित काङ्ग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको शुभारम्भ गर्ने जनाइएको […]

काठमाडौं । नेपाली काङ्ग्रेसले ‘हामी सक्छौं : मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ । रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई राजनीतिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित कांग्रेसले यो अभियान अघि बढाउन लागेको हो ।
अभियानको औपचारिक शुभारम्भ आज (आइतबार) सानेपास्थित काङ्ग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ ।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको शुभारम्भ गर्ने जनाइएको छ ।
अभियानअन्तर्गत सरकारलाई रोजगारी सिर्जना प्राथमिकतामा राख्न दबाब दिने, रोजगारीका सम्भावना पहिचान गर्ने तथा समग्र रोजगारीको वातावरण सुधार गर्ने रणनीतिहरू तय गरिने काङ्ग्रेसले जनाएको छ ।
उद्घाटन समारोहमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल (राउन्डटेबल डिस्कसन)समेत आयोजना हुनेछ ।
काङ्ग्रेसले यो अभियान पार्टी कार्यालय र काङ्ग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागको समन्वयमा सञ्चालन गर्ने बताएको छ । अभियानका कार्यक्रमहरूमा राजनीतिक नेतृत्व, श्रम विज्ञ, रोजगारदाता, उद्यमी तथा सरोकारवाला निकायहरू संलग्न गराइने विभागका प्रमुख अजयबाबु शिवाकोटीले जानकारी दिए ।
What's Your Reaction?






